स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने सरकारको तयारी

काठमाडौं, भदौ १५। सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारीमा रहेको बताएका हुन् ।


सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उनले जनाए ।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए । पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको मन्त्री पोखरेलले बताए ।

सरकारले स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गरेपछि पाठ्यक्रममा भने सहज हुने भएको छ । सरकारले बनाएको यो योजना मा छिटै कार्यान्वयनमा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्