मन्त्री पण्डित भन्छन् – नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन
काठमाडौं , भदौ १५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले यस्तो दाबि गरेका हुन् ।
सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको उनले दाबि पनि गरे ।
मन्त्री पण्डितले नेपाल भन्दा छिटो कर्मचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौती समेत दिए ।
‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उनले भने ।
मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी दिए ।
उनले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे ।
मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले बताए । तर पछिल्लो समय भ्रष्टाचार कमी नआएको महसुश जनताले गरेका छन् ।
दुई तिहाइको सरकारले नियन्त्रण गर्नुको साटोमा झन देशमा भ्रष्टाचार मौलाएको छ । देशका विभिन्न स्थान र क्षेत्रमा हरेका दिन जसो अख्तियारले भ्रष्टाचारीलाई पक्राउ गर्ने क्रम पनि बढेको छ । अख्तियारले छानबिन थाले पनि नियन्त्रणमा आउन भने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्