गृहले गर्यो ३५जना एसएसपीहरुको सरुवा , को कहाँ भए ?

काठमाडौं, भदौ १४ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

१३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा भएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ ।

यस्तै ट्राफिक महाशाखामा भीम प्रसाद ढकाल सरुवा भएका छन् । ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्