गौहत्या गर्नेलाई कडा कारवाही गर्न विश्व हिन्दु महासंघको आग्रह

काठमाडौं, भदौ १४ । विश्व हिन्दु महासंघले सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौ हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव अस्मिता भण्डारीले एक वक्तव्य जारी गर्दै भनेकी छन्, “हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ । गौहत्या गर्नु महाअपराध हो, यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा दण्डित गरिनु पर्दछ ।”

उनले वक्तव्यमा अगाडि भनेकी छन्, “त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछु । देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको छ ।”

उनले संसारको एकमात्र हिन्दू राज्यको पहिचान भएको हाम्रो देशलाई विदेशीको इसारामा परेर धर्म्निरपेक्ष गरिएपछि गौहत्याका यस्ता घटनाहरु बढेको समेत जनाउँदै भनेकी छन्, “

गाई हाम्रो राष्ट्रिय जनावर पनि भएकाले गाईकोे संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारसँग आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्