अत्याधिक चिसो बढेपछि थप चार दिन विद्यालय बन्द

काठमाडौं । अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु आज थप चार दिन बन्द हुने भएका छन् । दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए । यसअघि चिसो बढेकै कारण पुस १६ गतेदेखि २२ गतेसम्म ६ दिन विद्यालय बन्द गरिएको थियो । त्रैमासिक परीक्षा सञ्चालनमा रहेका विद्यालयहरु खुल्ने गरेका छन् ।

बारामा पनि २६ गते सम्मको बाराका सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिइएको छ । बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बिज्ञप्ती जारी गरी ४ दिनको लागि बर्षे बिदामा कटा हुने गरी बिदा दिन निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्