कांग्रेस सभापति देउवासँग पर्यटन मन्त्री भट्टराईको गोप्य भेट, यस्तो भयो सरसल्लाह
काठमाण्डौ , भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई शनिबार बिहान उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।
भेटमा मन्त्रालयले गरिरहेको काम र केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रमका विषयमा उहाँसँग आफूले कुराकानी गरेको मन्त्री भट्टराईले बताए ।
मन्त्रालयका काम र भ्रमण वर्ष २०२० लाई अझ बढी प्रभावकारी बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकाले प्रमुख प्रतिपक्षी दलको सुझाव समेट्दै अघि बढ्ने उनले बताए ।
आफूले राखेको कुराहरु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अभिरुचिका साथ सुन्नुभएको र महत्वपूर्ण सल्लाह र सुझाव पनि दिनुभएको मन्त्री भट्टराईले बताए । अन्य समसामायिक विषयमा पनि छलफल भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्