धेरै ठाउँमा मेघगर्जनसहित वर्षा : केही राजमार्गमा पहिरो जाने सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ , भदौ १४ । देशका धेरै ठाउँमा शुक्रबार रातिदेखि नै मेघगर्जनसहित पानी परिरहेको छ ।

मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले धेरै ठाउँमा शुक्रबार रातिदेखि नै पानी परिरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनका अनुसार अझै केहीबेर पानी पर्नेछ । दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको उनले जानकारी दिए । पानी परेपछि शनिबार चुरेबाट बहने नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपास हिँडडुल गर्दा सतर्क हुन उनको सुझाव छ ।

यस्तै शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास तथा चितवनको कालीखोला र आसपास ठूलो पानी परेकाले बाह्रबिसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला आसपास पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्