क्षेत्रपाटीबाट ८८ किलो सुन बरामत

काठमाडौं, १९ भदौ, । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन वरामत भएको छ । बरामद सुन सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।

सोमबार बिहान प्रहरीले क्षेत्रपाटीमा पार्किङ गरिराखेको गाडीबाट सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान सुरु भएको छ ।

यति धेरै सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो । एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन भने केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ उनले भने । बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्