धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

काठमाडौं, भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् ।

थाापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही बर्ष देखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए ।

धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क उनले गरे।

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए।

उनले १० बर्षको बीचमा दशौ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

पछिल्लो समय नेपालमा धर्म परिवर्तन गराउनेको संख्या बढ्दै जान थालेको छ । हिन्दु धर्महरु यस प्रति चिन्तित समेत भएका छन् । आफ्नो धर्म बेचेर विदेशी संस्कृति तथा अर्काको धर्मलाई अगाल्नेको कमी भने छैन ।

धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए पनि यसमा सरकारले खासै चासो दिएको देखिदैन् ।

प्रतिक्रिया दिनुहोस्