सुदूरपश्चिममा १४.४ प्रतिशत महिला शारीरिक हिंसामा
काठमाडौं, भदौ ११ । सुदूरपश्चिममा १४.४ प्रतिशत महिला शारीरिक हिंसामा परेको तथ्य खुलेको छ ।
प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४.४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेको खुलेको हो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा यस्तो तथ्य खुलेको हो ।
शारीरिक हिंसामा पर्नेमध्ये ६ दशमलव १ प्रतिशत यौन हिंसामा पर्ने गरेको जनाइएको छ ।
नले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा यस्तो तथ्य खुलेको हो ।
शारीरिक हिंसामा पर्नेमध्ये ६ दशमलव १ प्रतिशत यौन हिंसामा पर्ने गरेको जनाइएको छ ।
निजी जीवनको मामिलामा निर्णय गर्दा ५० दशमलव ५ प्रतिशत महिलाले आफ्नो स्वास्थ्यको निर्णय एकल वा संयुक्तरुपमा गर्ने गरेको उल्लेख छ ।
यो प्रदेशमा कूल महिला जनसङ्ख्याको झण्डै ७० दशमलव १ प्रतिशत महिला औपचारिक वा अनौपचारिक रुपमा कुनै न कुनै प्रकारको रोजगारीमा लागेका छन् ।
रोजगारी गरिरहेका महिलामध्ये ७२ दशमलव ३ प्रतिशत महिलाको आम्दानी आफ्नो श्रीमान्भन्दा कम रहेको र ३३ दशमलव ७ प्रतिशत महिलाले बैंक खाताको प्रयोग गर्ने गरेको बताइएको छ ।
साक्षरता दर कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा अशिक्षित महिला ४० दशमलव ९ प्रतिशत रहेका छन् । यीमध्ये ४ दशमलव ६ प्रतिशतले प्राथमिक शिक्षा पूरा गरेको, ८ दशमलव ४ प्रशिशतले मावि शिक्षा र ११ दशमलव ३ प्रतिशतले उच्च शिक्षा पूरा गरेको तथ्याङ्क छ ।
विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशमा कूल २५ लाख ५२ हजार ५१७ जनसङ्ख्यामध्ये महिलाको सङ्ख्या १३ लाख ३४ हजार ६३० रहेको छ । महिला र विपन्नमाथि हुने विभेद् यो प्रदेशमा एक मुख्य सामाजिक समस्याका रुपमा रहेको छ ।
प्रदेश सरकारको चालू वर्षको बजेट नीति कार्यक्रममा महिला, विपन्न समुदाय, बालबालिका, जाति जनजातिलगायतलाई सैद्धान्तिक रुपमा यथोचित स्थान दिइएको भए पनि यस्ता कतिपय कार्यक्रममा कति बजेट विनियोजन गरिएको हो भन्ने यर्थाथ तथ्याङ्क उपलब्ध हुन नसकेको बताइएको छ ।
हिंसामा परेकाहरुले आफुहरु हिंसामा परेको कुरा भन्ने बाहिर ल्याउने गरेका छैनन् । कतिपय महिलाले भित्रै दबेर बस्ने गर्छन भने कतिपय खुलेर पनि आउने गर्दछन् तर पनि उनीहरु हिंसामा पर्न बाध्य छन् ।
यसको आवाज हिंसामा परेका महिलाले नै उठाउनु पर्ने भनाई भने वत्ताहरुको रहेको छ । आफ्नो समस्यालाई आफैले बाहिर ल्याउन सक्ने हो भन्ने पक्के पनि महिला हिंसामा कमी आउने थियो कि ।
प्रतिक्रिया दिनुहोस्