काठमाडौं वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २ मंसिर। नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस काठमाडौं अध्यक्ष कृष्णसबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।

काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।

वडा नम्बर १६ को अध्यक्षमा नेकपा ९एमाले० बाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने नेकपा ९एकीकृत समाजवादी० बाट मीनबहादुर मानन्धर उम्मेदवार छन्। एकीकृत समाजवादीका मानन्धरलाई नेकपा ९माओवादी केन्द्र० को पनि समर्थन छ।

ीबहmष् दबलप

प्रतिक्रिया दिनुहोस्