गोरखामा अवरुद्ध भएको विद्युत ४३ घण्टापछि सञ्चालनमा आयो

काठमाडौं, भदौ ११ । गोरखामा गएको सोमबार साँझदेखि अवरुद्ध विद्युत सेवा ४३ घण्टापछ सञ्चालनमा आएको छ ।

प्राविधिकहरूको ४३ घण्टाको मर्मतपछि विद्युत् सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

सोमबार साँझ परेको चट्याङले सदरमुकामको सबस्टेशनको ट्रान्सफर्मरमा क्षति र्पुयाएपछि सदरमुकाम र आसपासको क्षेत्रका २० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाबाट बञ्चित थिए ।

गोरखा वितरण केन्द्रसहित पोखरा ग्रिड र मध्यमर्स्याङ्दी आयोजनाका प्राविधिकहरूले ट्रान्सर्फमर मर्मत गरेका हुन् ।

विद्युत संचालनमा आएपछि स्थानीय खुशि भएका छन् । विद्युतीबाट गर्ने सम्पुर्ण काममा बाधा पुगेको थियो । अब भने राहात महसुश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्