तराई द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने नेपाली सेनाको लक्ष्य, कूल लागत कति ?

काठमाडौँ , भदौ ११ । तराई द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने लक्ष्य लिएको छ ।
७२.५ किलोमिटर लामो तराई द्रुतमार्गको आगामी साढे तीन वर्षमा निर्माण सकिने दाबी गरिएको हो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो द्रुतमार्ग साढे तीन वर्षमा तयार हुने गरी काम अढि बढाइएको जनाइएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब रहेको बताए ।

द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको छ ।

जिम्मा पाएको नेपाली सेनाले आफ्नो लक्ष्य अनुसार नै काम गर्ने गरि आगाडि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्