दशैंका लागि नयाँ नोट २० दिन अगाडी नै दिने राष्ट्र बैंकको तयारी
कठमाडौं, भदौ ११ । यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ ।
यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
यद्यपि, कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने नर्णिय भने हुन बाँकी रहेको उनले भने । कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने निरौलाले भने ।
दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ ।
यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा सटही सुविधा दिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्