पशुपतिमा सुरुङ मार्ग बनाइने
काठमाडौं, भदौ ११ । विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पशुपति क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रागंगा सडक बन्द गराएपछि सरकारले विकल्पमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारेको हो ।
१३ वर्षअघिबाट सञ्चालनमा आएको सडक विकल्पविना नै बन्द गराएको भन्दै जनप्रतिनिधिहरुले कोषसँग असन्तुष्टि राख्दै आएका छन् । कोषले भने विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि सडक बन्द गराउने निर्णय लिएको बताएको छ ।
सडक बन्द हुँदा कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुरा नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लामा जाने आउने यात्रुलाई समेत असर परेको छ । –
प्रतिक्रिया दिनुहोस्