मुख्यमन्त्री पौडेलले भने -‘नीति–कार्यक्रमहरु नबनाउने स्थानीय तहलाई अनुदान उपलब्ध गराइँदैन’
काठमाडौं, भदौ १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई स्थायित्व दिन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभामा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयतामा काम गर्न चुनौती र अवसर दुवै रहेकाले संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताए ।
११९ ओटा स्थानीय तह रहेको प्रदेशमा ५ प्रतिशत स्थानीय तहलेमात्रै आफ्ना कानुनहरु बनाएर प्रदेशलाइ बुझाएको भन्दै उनले आगामी दिनमा स्थानीय कानुन, गाउँसभा तथा नीति–कार्यक्रमहरु नबनाउने स्थानीय तहलाई केन्द्र सरकार र प्रदेश सरकारले प्रदान गर्ने अनुदानहरु उपलब्ध नगराउने बताए ।
स्थानीय सरकारले जनमुखी काम गर्न नसकिरहेकोतर्फ सचेत गराउँदै उनले ‘एक पालिका एक उत्पादन’लाइ विशेष योजना बनाएर अघि बढे प्रदेश सरकारले साथ दिने बताए ।
प्रतिक्रिया दिनुहोस्