अब ४ र ५ तारे होटलमा नेपाली मौलिक खानाको स्टल राख्नैपर्ने, पर्यटन मन्त्री भट्टराईले ल्याए यस्तो प्रावधान

काठमाण्डौ , भदौ १० । अब नेपालमा सञ्चालित सबै ४ र ५ तारे होटलले नेपाली मौलिक खानाको छुट्टै स्टल राख्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा नेपाली मौलिक खानाको प्रचार प्रसारको लागि हरेक ४ र ५ तारे होटलमा नेपाली मौलिक खानाका छुट्टै स्टल राखिने उल्लेख गरेका छन् ।

यसको लागि १५ दिनभित्रै होटल मापदण्ड तोकिने कार्ययोजनामा उल्लेख छ । यस्तै नेपाली खानाको अन्तर्रा्ष्ट्रिय प्रवर्द्धनको लागि बुकलेट प्रकाशन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

यसरी नेपाली होटलमा नेपाली मौलिक खानाको स्टल राख्दा नेपालीको पहिचानको प्रचार प्रसारमा केहि टेजा पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्