चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं, भदौ १० । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड रहेका छन् ।

डोकामाथि हात राखेका गिरी, घिमिरे र नेपाल प्रशन्न चेहरामा देखिएका छन् भने उस्तै चेहरामा केकी अधिकारी घुम ओडेर उभिएकी छन् ।

चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रलाई राम्र्रो बनाउनेमा टिम लागि परेको छ ।

सा्रेता दर्शकहरुलाई के कसरी मन पर्छ त्यसै गरि आफुहरुले प्रयास गर्ने टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्