सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली
काठमाडौं, भदौ १० । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्ग्निर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् ।
‘हामीले सन् २०२२ सम्म सम्पूर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुर्याउने योजनासहित काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्