पुडासैनी हत्या प्रकरणः कार्कीको बयान सकियो, रवि र युवराजको बयान भोलि

काठमाडौं, भदौ ८। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपीहरुको बयान शुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुलुकी फौजदारी संहिता को दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना विरुद्ध आरोप पत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा उनीहरुले पुडासैनीलाई आत्महत्या गर्न उक्साएको जिकिर गरिएको छ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित अस्मीता कार्की र युवराज कँडेलाई पनि विपक्षी बनाएको छ।

जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो।

रावलको इजलाशमा आज अस्मीता कार्कीको बयान गराइएको छ । कार्कीले बयानमा पुडासैनीसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन्। उनले उक्त अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन्।

त्यस्तै बाँकी आरोपीहरु लामिछाने र कडेलको बयान भने सोमबार हुनेछ। सोमबार उनीहरुको बयान समाप्त भएपछि थुनछेक बहश शुरु हुनेछ। सरकारी र आरोपी पक्षका कानुन व्यवासायीको दुई तर्फी बहशपछि आदेश गर्नेछ। अदालतको आदेशले उनलाई थुनामा पठाउने कि हिरासतमा राख्ने भन्ने बारे निर्णय गर्नेछ।

आरोप पत्रमा उनीहरुलाई हदैसम्मको अर्थात् पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ। बयान चलिरहेकाले उनीहरुलाई न्यायिक हिरासतमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्