जग्गा कित्ताकाटको निर्णय पुनःविचार गर्न सांसदहरुको माग

काठमाडौं, भदौ ८ । सांसदहरुले सरकारले रोकेको कित्ताकाट सम्बन्धि निर्णय पुनःबिचार गर्नुपर्ने माग गरेका छन् ।

सरकारले स्पष्ट रुपमा कित्ताकाट रोकेको भने पनि स्थानीय जनप्रतिनिधिको रोहबरमा भन्दै मालपोत कार्यालयहरुले कित्ताकाट गरिरहेको पाइएको छ ।


मालपोतको काम अपारदर्शी र जनताले समेत दुःख पाएको भन्दै सांसदहरु दलबहादुर राना र सत्य नारायण खनालले कित्ताकाट रोक्न गरिएको निर्णय पुनविचार गर्न माग गरेका हुन्।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनीहरुले यस्तो माग गरेका हुन् ।


अहिले स्थानीय तहले ‘खेतीयोग्य जग्गा’ होइन भनेर सिफारिस गरेपछि सम्बन्धित मालपोत कार्यालयले जग्गाको कित्ताकाट गर्न सक्ने व्यवस्था छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रि पदमा अर्यालले तत्कालिन मन्त्री गोपाल दहितको पालामा कित्ताकाट नहुने सम्बन्धि निर्णयलाई सर्त सहित केहि खुकुलो बनाएर खोलेकी थिइन्।

स्थानीय तहको प्राविधिक समितिले यो खेतीयोग्य जमिन होइन भनि दिने सिफारिसलाई दुरुपयोग गर्दै खेतीयोग्य जमिन कित्ताकाट हुँदै आएको बताइएको छ।

यसैगरी समितिले देशभरि छरिएर रहेको राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ । बन सम्बन्धि ऐन र भूमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले बन मन्त्रालय र भुमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनका अद्यावधिक लगत माग्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय बन भनि सूचीकृत भएका देश भरिका बनको हालको अवस्था, बनको नाप नक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।

देशभरी सुकुम्बासी, बस्तिबिस्तार, उद्योग तथा खानीको नाममा राष्ट्रिय बन अतिक्रमंमा परेको समाचारमा आउन थालेपछि समितिले चासो देखाएको छ ।

समितिले हाल बन नै रहेको, झाडी रहेको र अतिक्रमंमा पर्न सक्ने सम्भावना भएको बनको वर्गीकृत अवस्था पनि उपलब्ध गराउन निर्देशन गरेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका उप–सचिव सञ्जय दहालले बताए ।

प्रतिक्रिया दिनुहोस्