प्रचण्डले गरे राष्ट्रपति भण्डारीसँग भेट, भयो यस्तो गोप्य छलफल

काठमाडौँ , भदौ ८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आइतवार बिहान प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा पुगेर भेट गरेका हुन् ।

राष्ट्रपति निवास स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थितिक बारेमा छलफल भएको छ । प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार हस्ताक्षर गरेर उपचारका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर रहेका छन् ।

प्रचण्डले शुक्रवार आफ्नो निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । पार्टीको कार्यकारी अधिकार पाएलगत्तै प्रचण्ड सक्रिय बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्