रवि लामिछानेविरुद्ध वकिलले अभियोग पत्र दायर, बहस आज नभ्याए भोलि पनि

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने गरेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।

अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुने स्रोतले जनाएको छ । ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की (रुकु) भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।
लामिछानेविरुद्ध अभियोग पत्र दायर पटि भोलिदेखि नै सरकारी वकिल र लामिछाने लगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भदौ ९ गते अर्थात भोली पनि बहस चल्ने स्रतले जनाएको छ ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।

सो मुद्दाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टको नेतृत्वमा भइरहेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सहयोग गरिरहेको छ ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्