उपचारका क्रममा बाजुरामा सुत्केरीको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप

काठमाडौं, भदौ ७ । बाजुरामा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनले मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए। शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए।

अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी वसन्तीको डाक्टरले प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए। शनिबार बिहान उनले दोस्रो सन्तानका रुपमा छोरालाई मृत अवस्था जन्माएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्