यस्तो थियो शालिकराम पुडासैनी र अस्मिता कार्कीबीचको सम्बन्धको भित्री पाटो
काठमाडौं , भदौ ७ । २० साउनमा माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेपछि ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीको नाम सतहमा आयो।
शालिकरामको मोवाइलमा प्रहरीले फेला पारेको भिडियोमा उनले आफ्नो आत्महत्याको दोष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएका छन्।
चर्चाको यो कोलाहल माझ छायामा परेकी अस्मिताबारे भएको खोजले उनी कसरी परिबन्धमा परेकी थिइन् भन्ने मात्र देखाउँदैन, आत्महत्या गरेका पत्रकार शालिकरामले उनलाई कसरी निरन्तर मानसिक यातना दिइरहेका थिए भन्ने पनि प्रष्ट पार्छ।
शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष संलग्नता नरहेको देखाउँछ।
रविलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला। तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ।’














प्रतिक्रिया दिनुहोस्