अब मदिरा उद्योग खोल्न मन्त्रिपरिषद्को अनुमति चाहिने, नत्र हुनेछ यस्तो कारबाही

काठमाडौं , भदौ ७ । अब मदिरा उत्पादनसम्बन्धी कुनै पनि उद्योग खोल्न मन्त्रिपरिषदको अनुमति लिनुपर्ने भएको छ ।

शुक्रबार प्रतितिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक–२०७५’ अनुसार माइक्रो ब्रुअरी, वियर, मदिरा वा मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग खोल्न मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने ब्यवस्था गरिएको हो ।

प्रस्तावित विधेयकमा माइक्रो ब्रुअरी खोल्न अनुमति लिनुपर्ने व्यवस्था थियो । यसलाई संशोधन गरी समितिले माइक्रो बु्रअरी (रेष्टुरेन्टले आफैं अल्कोहल उत्पादन गर्ने उद्योग) स्थापना गर्न मन्त्रिपरिषदकै अनुमति लिनुपर्ने प्रावधान राखिएको हो ।

सरकारले मापदण्ड तयार गरेरै माइक्रो ब्रुअरी संचालनको अनुमति दिएको छ । उत्पादित वियर आफ्नो रेन्टुरेन्ड भन्दा बाहिर बजारमा विक्री गर्न नपाउने, माइक्रो ब्रुअरीबाट उत्पादन हुने वियरमा अल्कोहलको मात्र अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने जस्ता प्रावधान सो मापदण्डमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्