टानको उमेद्वारीमा आकांक्षीहरुको संख्या बढ्दा साझा उमेद्वार चयन गर्न हम्मेहम्मे

काठमाण्डौ, ७ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन मिति नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी निकट उमेद्वारीको घोषणा तथा छलफल कार्यलाई तिव्रता दिएको छ ।

अध्यक्ष पदको लागि आकांक्षिहरुमा क्रमशः मुक्ति पाण्डे, कुमार थापा, भानु ढकाल, पूर्णचन्द्र भुसाल, तेज बहादुर गुरुङ्ग, डावा निङमा शेर्पा, गणेश शिम्खडा, खुम सुवेदी, मोहन लम्साल, कामी रिङजी शेर्पा, संगम शेर्पा र हरि धरेल लगायत रहेका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा क्रमशः सुजन लामिछाने, रामचन्द्र धमला, महेश कुमार बुढामगर, प्रकाश देवकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद दाहाल रहेका छन् ।
त्यस्तै महासचिवमा क्रमशः दामोदर ढकाल, ऋषि नेपाल, दिनेश लामिछाने, सविता लामा, किरण धरेल, सरोज न्यौपाने, हरिशरण खरेल, पि.के शेर्पा र गुप्ता भण्डारी रहेका छन् ।
सचिवमा अर्जुन कार्की र ठाकुर प्रसाद सापकोटा र प्रदिप पण्डित रहेका छन् ।

कोषाध्यक्षमा क्रमशः केदारमणि खनाल, टेक बहादुर खकुरेल, सुनिल सुवाल, वासु लम्साल, प्रकाश शिम्खडा र दिपेन्द्र ढकाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमाः सुरेन्द्र धमला, रघु पौडेल, निमा शेर्पा, डिकि शेर्पा, फुर्वा शेर्पा, पेमा लामा रहेका छन् । उमेद्वारीको आकांक्षीहरु धेरै भएकाले यो संख्या अझै बढ्ने देखिन्छ ।

कार्यक्रममा टानका पूर्व अध्यक्ष चन्द्र रिजालले नयाँ नेतृत्वको लागि विचारप्रधान भन्दा व्यवसायीका समस्या बुझेका र नेतृत्व क्षमता भएका व्यवसायीलाई उमेद्वार बनाउनु पर्ने धारणा व्यक्त गरे ।

त्यस्तै नेपाली कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट)ले टानको आसन्न निर्वाचनका लागि अध्यक्ष दिपक महतको संयोजकत्वमा ७ सदस्यीय चुनाबी व्यवस्थापन तथा सहजीकरण समिति गठन गरिसकेको छ ।

त्यस्तै निर्वाचनलाई केन्द्रित गरेर टानका पूर्वअध्यक्षहरुसँग् छलफल समेत गरिएको छ । भेलामा पूर्व अध्यक्षहरु जेबी सिंह, याङकिला शेर्पा, सुमन पाण्डे, दिपक महत, नरेन्द्र बिसी, ज्योती अधिकारी, रमेश धमला, चन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को ४१ औं साधारण सभा यहि भाद्र २० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्