राजधानीको टुडिखेलमा गौरा पर्वको रौनक, यसरी झुमीए सुदुरपश्मिबासी हेर्नुहोस् (फोटोसहित)

काठमाडौं, भदौ ६ । आज गौरा पर्व सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् ।

भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।

आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आइ बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व धुमधामका साथ मनाएका छन् ।

पौराणिक कालमा सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको संस्कृति विद्हरुको भनाइ छ ।

देशका अन्य भागमा महिलाहरुले तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ ।

गौरा पर्वमा महिलाहरुले आफ्नो परम्परा अनुसार नाच गान भजन गर्ने चलन छ । यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् ।

काठमाडौँको टुँडिखेलमा पनि आजको दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासीहरुले देउडा नाचेका छन् । र गौरा पार्वलाई धुमधामका साथ मनाएका छन् ।

उता सुदुरपश्मिमा पनि आ आफ्नो ठाउँमा गौरा मा नाच्दै खेल्दै मनाएका छन् । यसको सुदुरपश्मितिर आफ्र्नै मौलिक र आफ्नै परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्