ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो : नेता नेपाल
काठमाडौं, भदौ ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ्।
विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टी्भित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए।
झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याए।
नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्