राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले दिए सामूहिक राजीनामा, किन ?

कठमाडौं, भदौ ६ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति प्रा. डा. संगीता भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पस्टीकरण सोध्ने, बर्खास्त गर्ने धम्की दिनेलगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

उपकुलपतिकै कारण शारीरिक र मानसिकरुपमा विक्षिप्त भइ काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसबारेमा उपकुलपति भण्डारीलाई पटक–पटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दासमेत बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएपछि प्रतिष्ठानको सम्पूर्ण सेवाहरु प्रभावित बनेका छन् ।

यसैबिच प्रष्ठिानमा उत्पन्न समस्यालाई सुल्झाउन अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्