सहकारीलाई पनि मर्जरमा लैजान सरकारले एकिकरण कार्यविधि बनाउने

काठमाडौं, भदौ ६ । सहकारीहरुको मर्जर गरिने भएको छ । सोको लागि सरकारले एकिकरण कार्य्विधि बनाउने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्य्विधि बनाउन लागिएको बताइन् ।

उनले नेपालमा अब १०र१२ हजार सहकारी संस्था भए पुग्ने बताउँदै उक्त संख्यामा सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको संमृद्विको अभियानमा टेवा पुग्ने दाबि सकेत गरिन् ।
सहकारीको संख्या गनेर मात्र नहुने भन्दै सहकारीले काम देखाउनुपर्ने बेला आएको उनको भनाइ छ ।

मर्जरमा गएर सबै सहकारीले उद्योग र उत्पादन र बजारीकरणमा लगानी गर्नुपनमा उनले जोड दिइन् ।

५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्न सक्नेगरी सहकारीले उत्पादनमा लगानी बढाउनुपर्ने उनको तर्क छ ।


यसैबिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्जरले प्रतिस्पर्धी क्षमता बढ्ने बताएका छन् सहकारीको संख्या हाल झण्डै ३५ हजारको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्