प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, भदौ ५ । प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । भदौ ६ गते शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै बिहीबार कृष्ण जन्माष्टमी पर्व हर्सोल्लासपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदासमेत घोषणा गरेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्