झण्डै ११ अर्ब रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय , थप मन्त्रिपरिषद्का ३५ निर्णयहरु यस्ता छन्

काठमाडौं, भदौ ५ । सरकारले विकास साझेदारहरुबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार सार्वजनिक गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विकास साझेदारहरुबाट प्रस्तावित झण्डै ११ अर्ब रुपैयाँ अनुदान सहायता स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

त्यस्तै चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासको महावाणिज्यदूतमा श्रीहरि पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बर्दियाको मुक्त कमैया बसोबास क्षेत्रमा रहेका रुख हटाई व्यवस्थापन गर्न स्वीकृति दिइएको छ।

त्यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका–१ को मधुवनबस्ती, सृजनावस्ती र मिलनवस्तीमा रहेका मुक्त कमैयाहरु बसोबास गरिरहेका जग्गामा रहेका रुख हटाउन सरकाले स्वीकृति दिएको हो।

सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ । आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका पछिल्ला निर्णय

प्रतिक्रिया दिनुहोस्