नेपाल–भारत सीमानामा भारतद्वारा बाँध विस्तार, वासिन्दा त्रसित

काठमाडौं, भदौ ५ । रौतहटको इशनाथ नगरपालिकाको औरैयास्थित नेपाल–भारत सीमानामा भारतले बाँध विस्तार गरेको छ । यसरी भारतले बाँध विस्ता गर्दा त्यहाँका स्थानीय वासिन्दा त्रसित बनेका छन् ।

भारतीय बाँधका कारण यस वर्षको बाढीको पिडा भुल्न नपाउँदै भारतीय पक्षले मर्मतको बाहनामा बाँध विस्तार गरेपछि स्थानीय वासिन्दा त्रसित बनेका हुन ।

सीमा क्षेत्रमा भारतले १९ सय मिटर लम्बाई भएको बाँधमा सिमेन्टका बोरामा माटो ढुङ्गा भर्दै दुवैतिरको पिँधको चौडाइ बढाउने काम गरेको छ । बाँधको झण्डै २ किलोमिटरको दुरीमा पानी निकास हुने ढोका नरहेको स्थानीयले बताएका छन् ।

यसवर्षको बाढीले बाँध कमजोर बनाएको भन्दै भारतले मर्मत गर्ने बाहनामा बाँध विस्तार गरेको वडा नं २ का अध्यक्ष विगु व्यासले बताए । औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैर कानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको उनले बताए ।

दुई देशको सीमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । बाँधका कारण हरेक वर्ष नेपाली जनताले दुख भोग्दै आएका छन् ।

विभिन्न वाहानमा भारतीय सुरक्षाकर्मीले बाँध निमार्ण कार्य गरिरहेका छन् । भारतले बनाएको बाँध नेपाली भूमिमै पर्ने दावी बन्जरहाका स्थानीयले गरेका छन् ।

सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न समेत लगाएको छ । भारतीय पक्षले रोक्न माग गरे पनि निमार्ण कार्य भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्