जमिन बाँझो राखेर समृद्ध हुन सकिन्न : मन्त्री अर्याल
काठमाडौँ, भदौ ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जमिन बाँझो राखेर समृद्ध हुन् नसकिने बताएकी छन् ।
नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीय आयोजनाले गरेको सहकारी विकास साझेदारी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
अब परम्परागत खेति प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडी बढ्नुपर्ने भन्दै उनले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन्।
भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै मन्त्री अर्यालले व्यवसायिक बन्नका निम्ती ऐन, कानुनले पनि प्रबन्ध गरेको बताइन्। अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो।
साना किसान कृषि सहकारी संस्था गाउँ–गाउँका किसानका घरदैलोसम्म पुग्नु पर्ने उनले बताइन् ।
सहकारी ठूलाका हातमा भए र उनीहरुले नै फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्