व्यवसायी हत्याको विरोधमा अनिश्चतकालीन रुपन्देही बन्द

काठमाडौं – युवासंघ नेपाल रुपन्देहीले आफ्ना कार्यकर्ता एवं व्यवसायी बसन्त पौडेल बलुको हत्याको विरोधमा अनिश्चतकालीन रुपन्देही बन्दको आह्वान गरेको छ ।

बिहान ७ बजेदेखि आह्वान गरिएको बन्दका कारण जिल्लामा यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द रहेको छ । युवा संघले आन्दोलनलाई साथ र सहयोग गरी सुरक्षित समाज निर्माण गर्ने अभियानमा सबै उद्योगी, ब्यावसायी, शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाई उद्योग, ब्यावसाय, कलकारखाना, यातायात, स्कुल लगायतका संघसंस्थाहरु बन्द गरी सहयोग गर्न अपिल गरेको छ ।

यता, देवदह नगरपालिका वडा नं ५ खैरेनी चोक बस्ने बसन्त पौडेललाई हत्या गरेको घटनाको सम्बन्धमा रुपन्देही प्रहरीले अनुसन्धान टोली गठन गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संलग्न ब्यक्तिहरुको पहिचान एवं पक्राउ गर्नका लागि संघिय प्रहरी ईकाई कार्यलय भैरहवाले प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो ।

देवदह २ ढेकावारमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका पौडेलको हिजो बिहान गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्