देशभरका २ सय २२ स्थानीय तहमा पुग्यो ९० प्रतिशतभन्दा बढी बिजुली
काठमाडौं, भदौ ५ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २ सय २२ वटामा ९० प्रतिशभन्दा बढी विद्युत सेवा पुगेको छ।
नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्यांकअनुसार १ सय १७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम छ। केही स्थानीय तहमा विद्युत पुगेकै छैन।
प्राधिकरणले आइतबार आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा विद्युतीकरण तथ्याङ समेटिएको पुस्तक सार्वजनिक गरेको हो। ५५ स्थानीय तहमा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। १ सय ६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २ सय ५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ।
हालसम्म कूल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ। कूल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत प्रयोग गर्न पाएका छैनन्।
सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत सेवा र्पुयाउने र ४ वर्ष्भित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७ सय युनिट र्पुयाउने लक्ष्य राखेको छ।
यसका लागि ग्रीड र्पुयाउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ।
हरेक नेपाली जनताको पहुँचमा विद्युत र्पुयाउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘यसका लागि मुलुकभर नै पर्याप्त विद्युत प्रसारण तथा वितरण सञ्जालको विस्तार योजनाबद्ध रुपमा अगाडि बढाएका छौं,’ उनले भने, ‘अब स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाउनेछौं।’
प्राधिकरणले राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा चालू आर्थिक वर्ष्भित्रमा र्पुयाउने लक्ष्य राखेको छ। आगामी दुई वर्ष्भित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत प्रणालीमा आवद्ध गर्ने गरी काम अगाडि बढेको घिसिङले बताए।
४ सय ६० गाउँपालिकामध्ये १ सय ३ तहमा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ। प्रदेश १ का २३, प्रदेश ३ तथा गण्डकीका ६र६, प्रदेश ५ का ७, कर्णालीका ३७ र सुदूरपश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो।
४७ गाउँपालिकामा ५ देखि ३५ प्रतिशत र ७१ तहमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। १ सय ४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ तहमा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ।
महानगर, उपमहानगरसहित २ सय ९३ नगरपालिकामध्ये १४ वटामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ। यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशस् ६ र ८ नगरपालिका छन्। यसैगरी ८ नगरपालिकामा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशस् ७ र १ नगरपालिका हुन्। ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ।
१ सय ११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १ सय २५ नगरपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ। प्रदेश ३ मा सबैभन्दा बढी अर्थात ९०.३० प्रतिशत विद्युतीकरण भएको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ।
गण्डकी प्रदेशमा ८७.३९, प्रदेश ५ मा ८१.०३, प्रदेश २ मा ७९.७७, प्रदेश १ मा ७५.९० र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको छ।
यसरी स्थानीयतहमा झिलीमिली बिजुली पुग्दा अन्धकारमा बसेकाहरुलाई उज्यालो महसुश भएको छ । उज्यालोमा बस्न पाउँदा स्थनीय हर्षि हुन पुगेका छन् ।अझै कतिपय विकट ठाउँमा बिजुली पुग्न सकेको छैन्।
प्रतिक्रिया दिनुहोस्