प्रदेश नम्बर २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपाको निर्णय

काठमाडौं, भदौ ५ । प्रदेश नम्बर २ को नाम ‘जानकी प्रदेश’ राख्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्णय गरेको छ ।

नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो ।

बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय पनि गरेको छ ।

त्यस्तै समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ । सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ ।


लामो समयको प्रयासपछि मात्रै आज निणर्यले पुर्णता पाएको छ । यस अघिका बैठकमा के राखने भन्ने विषयमा विवाद रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्