अनुमतिबिना महिला समाज खोलेर बालबालिका राख्ने तीनजना पक्राउ

काठमाडौं, भदौ ५ । बिना इजाजत नमुना प्रगतिशिल महिला समाज नामक संस्था खोली बालबालिका राखेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थाका काठमाडौं महानगरपालिका–१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत छन् ।

नागार्जुन नगरपालिका–४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको सूचनाको आधारमा बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद् पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरु उद्धार गरेको थियो ।

उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्