नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा अब प्रचण्डले बैठक बोलाउने

काठमाडौँ,भदौ ५ । सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले नै अब पार्टी बैठक राख्ने भएका छन् ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि पार्टी बैठक बस्नसक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो निर्णयपछि अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।


यसअघि दुवै अध्यक्ष नभएसम्म बैठक नबस्ने सहमति थियो । तर, प्रधानमन्त्री एवम् अध्यक्ष ओली सिंगापुरमा केही समय बस्ने भएकाले अध्यक्ष दाहाललाई बैठक राख्ने अख्तियारी दिइएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर प्रस्थान गर्दैछन् ।


प्रधानमन्त्री ओली ७र१० दिन त्यहाँ रहनुहुने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी बिहीबारको बैठकमा भएको जानकारी दिए ।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्य्विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्