राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाण्डौ, भदौ ५। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन बुधबार काठमाण्डौ आउनु भएका विदेशमन्त्री जयशंकर बिहीबार बिहान पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी राष्ट्रपति भवन पुग्नुभएको थियो ।

उहाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्मानमा आयोजना गर्ने दिवा भोजमा सरिक भएर बिहीबार नै भारत फर्किने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्