काठमाडौंमा पनि ५५ जनामा डेंगुको संक्रमण भेटियो, के हो डेंगु ?

काठमाडौं, भदौ ४ । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनले बताए।महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो ।

डाक्टर विवेक कुमारका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ । गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८ सय ११ जना संक्रमित भएका थिए ।

डेंगुबाट विशेषगरि बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु शतर्क रहनुपर्छ । बेलैमा उपचार पाए डेंगुबाट मानिसहरुले ज्यान गुमाउनु पर्दैन । वर्षा सकिन लागेकाले अब डेंगुको प्रकोप हट्ने उनी बताउँछन् ।

के हो डेंगु ?
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोश घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्हास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।


एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्