दाङबाट झन्डै १६ लाख भारतीय रकमसहित ५ जना पक्राउ

काठमाडौं, भदौ ४। प्रहरीले दाङबाट स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

जसमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बरुवागाउँ निवासी २७ बर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २ प्रेमनगर निवासी ४२ बर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी ४३ बर्षीय प्रकाश केसी र जाटरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ८ निवासी २७ वर्षिय शिव सिंह भनिने पूर्ण विक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता विनोद शाहले उनीहरु सबैलाई मंगलवार दिउँसो सुराकीको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नं. ९ जलकुन्डी क्षेत्रवाट पक्राउ गरिएको बताए ।

उनीहरुको साथवाट स्रोत नखुलेको १५ लाख ७९ हजार ५ सय ८० नगद र अन्य नेपाली रकम समेत जोड्दा कुल ३० हजार ८ सय बढी रकम बरामद भएको डिएसपी शाहले बताए । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्