रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश
काठमाडौं , भदौ ३ । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।
गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।
यसैबिच रवि लामीछानेका विरुद्ध यति बेला चितवन तातेको छ । रवि लामीछाने निदोर्ष रहेको र उनलाई फसाउन खोजिएको भन्दै चितनवनमा आन्दोल चर्किएको छ । रविका समर्थकले रिहाइ गर्न माग गर्दै जनता सडकमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस्