उदयपुरमा २१ डेंगुका विरामी फेला परे , कसरी बँच्ने यसबाट? यस्तो छ डाक्टरको सुझाव

काठमाडौं, भदौ ३ । उदयपुरमा २१ डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ।

सुरुमा सात दिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।


जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलका अनुसार कटारी नगरपालिकाभित्र मात्र १९ जना विरामीमा डेंगु फेला परेको छ। त्यस्तै बेलका नगरपालिका–५ मा ४ जनामा देखा परेको डेंगुको जिवाणु त्रियुगा नगरपालिका १२ को १ जनामा देखिएको छ।


चौदण्ढीगढी नगरपालिका ६ बेल्टार बजारका १ जनामा पनि डेंगुको जिवाणु देखा परेको खकुरेलले बताए। जताततै संक्रमण देखिन थालेपछि बँच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीयतहहरुले सर्वसाधारणलाई सचेत गराउन विभिन्न कार्यक्रम गर्न थालेका छन्।


डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्।


लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाईप र नालीहरु सफा गर्न तथा पानी जमेको ठाउँमा नियमति औषधी छिट्न र पुर्न उनीहरुको सल्लाह छ। जनस्वास्थ्य अधिकृत खकुरेलले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए।

प्रतिक्रिया दिनुहोस्