३४ औं वार्षिकोत्सव: नेपाल विद्युत प्रधिकरणले प्रत्येक कर्मचारीलाई ७ हजार प्रोत्साहन भत्ता दिने


काठमाडौँ , भदौ १ । नेपाल विद्युत प्रधिकरणले सबै कर्मचारीलाई ७ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ ।

आइतबार ३४ औं वार्षिकोत्सवको अवसरमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले उक्त प्रोत्साहन भत्ता घोषणा गरेका हुन् ।

मन्त्री पुनले कार्यक्रममा प्रधिकरणले पछिल्लो समय गरेको सफलता र कमाएको मुनाफाको पहिलो हकदार कर्मचारी नै भएकाले प्रत्येक कर्मचारीलाई प्रोत्साहन स्वरुप ७ हजार दिने निर्णय गरेको बताए ।

आर्थिक वर्ष २०७५–७६ मा प्रधिकरणले ७ अर्ब २० करोड मुनाफा गरेको थियो । प्रधिकणको मुनाफा पछिल्लो तिन वर्षमा ह्वात्तै बढेको छ । केही वर्ष अघिसम्म ३४ अर्ब घाटामा रहेको प्रधिकरणको नोक्सान पछिल्लो तीन वर्षमा १५ अर्बमा पुगेको छ ।

उनले केही वर्ष देखि रोकिएको महङगी भत्ता पनि यो वर्ष बाढ्ने बताए । नेपाल सरकारले नियमीत बजेटमा अन्य सरकारी कर्मचारीलाई बढाएकै अनुपातमा सबै कर्मचारीको तलबमा २० र १८ प्रतिशतले वार्षिक तलव वृद्धि गरेको पनि घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्