कैलालीको जोशीपुरमा रहेको रघुनाथ आदर्श माविमा तालाबन्दी, शिक्षक नियुक्तिमा विवाद

काठमाडौं, भदौ १ । कैलालीको जोशीपुर गाँउपालिका वडा नम्बर ७ मा रहेको रघुनाथ आदर्श माध्यमिक विद्यालयमा तालाबन्दी गरीएको छ ।

प्रावि राहत कोटामा शिक्षक नियुक्ति विद्यालय प्रशासनले एकलौटी ढङ्ग बाट गरेको भन्दै हिजो देखि तालाबन्दी गरिएको हो । यसरी विद्यालयमा तालाबन्दी हुदा पठनपाठन अवरुद्ध भएको छ ।


विद्यालयको प्रावि राहत कोटामा आवेदन भरेका ११ जना मध्ये ८ जनाले विद्यालयमा तालाबन्दी गरेका हुन । विद्यालयले प्रावि राहत कोटामा आह्वान गरेको सूचनामा ११ जनाले आवेदन दिएका थिए । आवेदन भरेका मध्ये २ जना अनुपस्थित भएका थिए भने सहभागी ९ जना मध्ये एक जनाको मात्र परिक्षा लिईएको छ ।


प्रावि राहत कोटामा शिक्षक नियुक्ति विद्यालय प्रशासनले एकलौटी ढङ्ग बाट गरेको भन्दै परिक्षा बहिस्कार गरेको उनिहरुले बताएका छन ।
बाँकी ८ जनाले परिक्षा पुर्व नै धनन्जय जोशीको नियुक्ती मिलाएको र प्रकृया पुरा गर्न परिक्षाको नाटक गरेको भन्दै शनिबार उनिहरु परिक्षा नै बहिस्कार गरेका थिए ।


परिक्षामा सहभागी भएका जोशीले पहिला देखी नै सबै सेटिङ्ग मिलाएकाले आफु छनौट हुने पक्का भएको भन्दै ठोकुवा गरेको आवेदक परिक्षा बहिस्का मध्येका मान बहादुर देउबाले बताए ।
मिलोमतो मै शिक्षक नियुक्ति गर्न कै लागि श्रावण २० गते तोकिएको परिक्षा मिती श्रावण ३२ गते बिहान ८ बजे सारेको र सारिएको समयमा पनि परिक्षा संचालन गर्न आनाकानी गरेको भन्दै ८ जना आबेदकहरुले विद्यालय प्रशासनलाई बिज्ञप्ती बुझाउदै परिक्षा बहिस्कार गरेका थिए ।

परिक्षा बहिस्कार गरे पनि धनन्जय जोशीले मात्र परिक्षा दिएका थिए । यता विद्यालयका प्रधानाध्यापक बसन्त महत्तोले भने त्यसको खण्डन गरेका छन ।


यसमा कसैको मिलोमतो नभई शनिबारको दिन र मौसममा आएको परिवर्तनले शिक्षा विकास तथा समन्वय ईकाइ धनगढीका प्रमुख प्रताप सिंह धामी र अन्य बिषय बिज्ञहरु निर्धा्रित समय भन्दा ढिलो गरी पुगेको तथा तयारी गर्न समय लाग्ने भएकाले साढे १० बजेबाट परिक्षा संचालन हुने सुचना प्रकाशन गरेको बताएका छन ।


सुचना प्रकाशन गरे लगत्तै अन्य आबेदकहरु परिक्षा नै बहिस्कार गरेर हिडेको उनको भनाई छ । विद्यालयले बार्ता गर्दै सहमती गर्न खोजिएको भएपनि उनीहरुले बेवास्था गरेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्