सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने
काठमाडौं, भदौ १ । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।
‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढेको छ ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ ।
केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्