दुई करोड १० लाख सक्न विभिन्न देश उड्ने कर्मचारीको तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिब सम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन् ।

प्रधानमन्त्री कार्यालयले बैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा दुई करोड १० लाख रुपैंयाँ सक्न दर्जनभन्दा बढी कर्मचारी एकपछि अर्को गर्दै विभिन्न देश उड्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखाका अधिकारीले अन्य महाशाखाको समन्वयमा विदेश जाने कर्मचारकिो सूची बनाइरहेका छन् ।

पदीय रुपमा को को जाने तय भए पनि नाम टुंगो लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ । यद्यपी, भ्रमणमा जान छुट्टाछुट्टै सचिबको नेतृत्वमा कम्तीमा पनि सातवटा टोली बनाइएको छ ।

सातवटा टोलीमध्ये ६ वटाको नेतृत्व छुट्टाछुट्टै सचिबले गर्ने र एउटा टोलीको नेतृत्व सहसचिबले गर्नेगरी सूचीलाई अन्तिम रुप दिने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्