रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

काठमाडा, साउन ३२ख । नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ ।

७२ वर्षिया अधिकारीको स्वयम्भुको डल्लुस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि दमबाट पीडित थिइन ।

बाल्यकालबाटै रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बांध हो ।

बासुदेव, बदलिंदो आकाश, चिनो, कन्यादान, भाउजुलगायतका दर्जनौं चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् ।

उनी सफल रंगकर्मी पनि हुन । २००३ सालमा जन्मिएका अधिकारीका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्